यी हुन् जनताको राहत बेच्ने सभासद्


काठमाडौं – भूकम्पपीडित जनतालाई राहत पुर्याउन धेरै
राजनीतिक दलका नेता, सभासद्, कार्यकर्ता र समाजसेवीहरु
आफैं हात पसार्दै ठाउँ ठाउँ चहारिरहेका छन् । सरकारले केही
दिन नसकेका बेला कतिपय सभासद्ले गाउँ गाउँमा आफैं पुगेर
व्यक्तिगत पहलमा पीडित जनतालाई सहयोग पनि गरे । तर
जनताले जिताएका केही सभासद् यस्ता पनि निस्किए, जो
जनताले पाउनुपर्ने राहतका सामान बेचेर खान समेत पछि परेनन् ।
राहतका त्रिपाल र खाद्यान्न बेचेको आरोप लागेपछि काभ्रे
क्षेत्र नं १ का सभासद् तीर्थ लामा केही समय फरार भए ।
भूकम्पपीडितका लागि संकलन भएको राहतमात्र उनले बेचेनन्,
सरकारले उपलब्ध गराएको राहत समेत उनैले गायब पारेको आरोप
लागेपछि जनताले जनताले उनको खोजी गरे । गुन्डागर्दीको
पृष्ठभूमीबाट आएका लामा कांग्रेस सभासद् हुन् ।
यसरी जनताका लागि आएको राहत चोर्ने अर्का सभासद्
सिन्धुपाल्चोक क्षेत्र नं. १ का मोहन बस्नेत पनि हुन् । स्थानीय
प्रशासनले समेत बस्नेतको गतिविधिबाट हैरानी बेहोरेको छ ।
बुढानिलकण्ठका पूर्वविद्यार्थीहरुको संस्था सेब्सले
सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि बााड्न लगेको
सामग्री लुटेर बस्नेतले कहाँ लगे भन्ने कसैलाई थाहा छैन ।
भूकम्पले सबैभन्दा बढी तहसनहस पारेका २ का सभासद् अग्नी
सापकोटा र ३ नम्बरका शेरबहादुर तामाङ पीडितकै बस्तीमा
छन् । तर, बस्नेत भने आफ्नो क्षेत्रमा व्यक्ति या संघ संस्थाले
लगेका राहत समेत लुटपाट गर्न सक्रिय भएपछि अरु दलले उनलाई
लखेट्ने योजना बनाएका छन् ।
राहत सामग्री गायब पार्ने सभासद्को लिष्टमा ललितपुर १
का उदय शमशेर राणा पनि परेका छन् । उदयशमशेर राणाले
भारतीय दूतावासबाट ठूलो मात्रामा त्रिपाल र कम्बल लिएको तर भूकम्पपीडित जनताले नपाएको कांग्रेसकै नेताहरु
मथुरा घिमिरे, मीनकृष्ण महर्जनहरुले लगाएका छन् ।
दूताबासबाट लिएको त्रिपाल अन्तै बेचेर राणाले
एनजिओमार्फत राहत बाँडेको पाइएको छ । राणाकी
श्रीमती भारतीय दूतावासमा काम गर्छिन्, आजको साँघु
साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment