उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रु अधिक उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रु अधिक


काठमाडौं, जेष्ठ २५ । विनाशकारी भुकम्पपछि
सुनसान बनेको काठमाडौं उपत्यकामा आजभोली
फेरी चहलपहल बढेको छ ।
उपत्यकाबाट बाहिरिने भन्दा उपत्यका भित्रिने
यात्रुहरुको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएको छ ।
गएको २४ घण्टामा ७ हजार ४ सय २९ वटा सवारी
साधनमार्फत ५८ हजार ९ सय यात्रु काठमाडौं
भित्रिए भने ७ हजार २ सय ७३ वटा सवारी साधन
प्रयोग गरेर ५३ हजार २ सय ८५ यात्रु उपत्यकाबाट
बाहिरिएका छन् ।
काठमाडौं उपत्यकामा आइतबार भएका विभिन्न
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ,
जसमध्ये एक जना अत्यधिक मदिरा सेवर गरी तिव्र
गतिमा मोटरसाईकल चलाउने समेत रहेका छन् ।
गएराती विभिन्न स्थानमा भएका सवारी
चेकजाँचको क्रममा ६७ जनालाई नियन्त्रणमा
लिईएको छ ।
ती मध्ये अधिकांस मादक पदार्थ सेवन गरी सवारी
चलाउनेहरु रहेको सुरक्षा स्रोतले बताएको छ ।
उपत्यकाका सडकमा आज सवारी साधनको चाप केही
बढ्ने अनुमान गरिएको छ । उता पर्यटक आवागमन घट्दा
हवाई यातायात भने प्रभावित भएको छ ।
माउन्टेन फ्लाईटहरु लगभग शुन्यको अवस्थामा झरेका
छन् । आजका लागि अन्तराष्ट्रियतर्फ ६३ तथा
आन्तरिकतर्फ १ सय १० उडान तय भएका छन् ।

No comments:

Post a Comment