खुलामन्चका अनसनकारी भन्छन: देशद्रोहिहरु आर्थिक प्रलोभनमा परे

काठमाडौं । सँबिधानसभामा प्रतिनिधित्व गर्ने दल र तिनका सभासदहरु देश द्रोहि भयको अनसनकारिहरुले आरोप लगाएका छ्न।विगत १६ दिनदेखि हिन्दु राष्ट्र स्थापनाको माग गर्दै राजधानीको खुल्ला मञ्चमा आमरण अनसनमा बसिरहेका चार अनसनकारी यूवाहरुले आर्थिक प्रलोभनमा विकेर नेपाललाई धर्मनिरपेक्ष बनाउने निर्णय गर्ने सभासदहरुलाई राष्ट्र द्रोही घोषणा गरेका छन ।
अनसनकारी यूवाहरु कमलप्रसाद जोसी, प्रेमनिधी भारद्धाज, सागर कटुवाल र खेमनाथ आचार्यले आज एक विज्ञप्ति निकालेर करोडौ नेपालीको भावनामा तुषरापात गर्दै धर्मनिरपेक्षतालाई अनुमोदन गरेको अवस्थामा सम्पूर्ण हिन्दुहरुलाईराष्ट्र र धर्म रक्षाकोलागि आफ्नो अभियानमा समर्थन गर्न आब्हान गरेका छन ।
विज्ञप्तिमा जनताकोलागि बनाएको संविधानमा विदेशीहरुको प्रलोभन र दवाव छताछुल्ल हुनु लज्जास्पद भएको ठहर गर्दै सरकारले शान्ति पूर्ण आन्दोलन नदेखि सडकमा रगतको खोला मात्र देख्ने चरित्रको रहेकोले आफूहरुलाई दुखि बनाएको उल्लेख छ ।
उनीहरुले आफूहरुको आमरण अनसन हिन्दु राष्ट्र कायम नभएसम्म जारी रहने समेत विज्ञप्तिमा स्पष्ट पारेका छन ।







कुहिरे भीर क्षेत्रको स्थलगत अवलोकन तथा अनुसन्धान शुरु गरिएको





अत्यन्त जोखिमपूर्ण मानिएको सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्डलाई सुरक्षीत बनाउने विकल्पको रूपमा मानिएको रकफल रकनेट प्रविधिको प्रयोगको लागि कुहिरे भीर क्षेत्रको स्थलगत अवलोकन तथा अनुसन्धान शुरु गरिएको छ।
वर्षा होस् या हिँउद चट्टानसहितको पहिरो झरी हरेक वर्ष कैयौं व्यक्तिहरुको ज्यान जाने गरेपछि सरकारले बुटवल दोभान सडकखण्डलाई सुरक्षित बनाउने विकल्पहरुको खोजी गरेको हो।
सोहि अनुरुप मंगलबार सडक विभागका सहायक महानिर्देशक केशव शर्मा र पाल्पाका सभासद सोमप्रसाद पाण्डेको नेतृत्वमा भुगर्भविद र यसक्षेत्रका विज्ञहरुको टोलीले त्यहांको स्थलगत निरीक्षण गरेको छ।
भुगर्भविद डा. रञ्जन कुमार दाहाल, अष्ट्रियन भुगर्भविद मार्कस् हेभेन, पहिरोको विषयमै विद्यावारिधी गरेकी डा.मनिता तिमिल्सेना लगायत सडक विभागका अन्य प्रतिनिधीहरुको टोलीले सो सडकको निरीक्षण गरेको हो।
पछिल्ला केहि वर्षयता ज्यानमारा सडकको रूपमा चिनिदै आएको यो सडक खण्डलाई रेकफल रकनेट प्रविधिबाट सुरक्षित बनाउन परिक्षको काम सुरू गरिने भएको छ।
रकफल रकनेट प्रविधिमा भीरलाई नै जालीले ढाकेर झर्न थालेको पहिरोलाई नियन्त्रण गरिन्छ। जसले गर्दा झरेको पहिरो जालीले छेक्ने हुँदा सडकमा चल्ने सवारी साधन र यात्रुलाई क्षती पुग्न पाउँदैन।
केहि वर्षयता यही सडकको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएका भुगर्भविद डा. दाहालले यो सडकको जोखिमबाट बच्ने वैकल्पिक सडक, सुरुङमार्ग र रकफल रकनेट प्रविधिमध्ये छिटो र कम लागतमा बनाउन सकिने यहि प्रविधि भएको बताउँछन्। ‘२० करोडको लागतमा अत्यन्त जोखिम रहेका कुहिरेभिरका १०/१२ स्थानमा जाली हालेर सुरक्षित बनाउन सकिन्छ,’ उनले बताए।
यस्ता सडकलाई सुरक्षित बनाउने जुनसुकै प्रविधि पनि शत प्रतिशत सफल नहुनपनि सक्ने भन्दै उनले नेपालमा भने यो पहिलो पटक परिक्षणको रुपमा लिईएको दाहालले बताए।
सडक विभागका सहायक महानिर्देशक शर्माले यो सडकको अन्य विकल्पलाई पनि खुल्ला गर्दै परिक्षणको लागि तत्कालको लागी १ सय मिटर क्षेत्रमा अष्ट्रियन कम्पनी Trumer schutzbuauten  ले विनाशुल्क रकफल रकनेट हाल्ने बताए।
परीक्षणको रुपमा रहेको यो प्रविधि सफल मानिए सिद्धबाबादेखि दोभान सम्मको ३ किलोमिटर क्षेत्रमा यहि प्रविधीको प्रयोग गरिने उनले बताए।
अष्ट्रियन भुगर्भविद हेभेनले अरु देशहरुमा यो प्रविधी सफल मानिएको र यो सडकमा पनि सफल मानिने विश्वास व्यक्त गरे। यूरोप, जापान, चिन, हङकङ लगायतका देशमा सफल मानिएको यो प्रविधी यो सडकखण्डमा पनि सफल हुने उनको विश्वास छ।
सभासद पाण्डेले पछिल्ला दशवर्ष यता सयौ व्यक्तिको ज्यान लिएको यो सडकलाई सुरक्षित गर्ने विषयमा विभाग र मन्त्रालयमा पटकपटक छलफल गरिएको उल्लेख गर्दै त्यसैको प्रतिफल स्वरुप यो प्रविधीको परिक्षणको काम अगाडि सारिएको बताए।
पछिल्लो पटक मात्रै गत साउन २२ गते लु. १ ख. ५७७१ नं. को बसमाथीबाट खसेको पहिरोले बगाउँदा तीनजनाको ज्यान गएको थियो भने असार २ गते सोहि स्थानमा खसेको पहिरोमा परी दुईजना चिकित्सकको ज्यान गएको थियो।
सरकारले यसैवर्षको नीति तथा कार्यक्रममा सुरुङमार्गको लागि अध्ययन गर्ने भन्दै रातो किताबको अनुसूचीमा उल्लेख गरेको छ। तिन किलोमिटर सुरुङमार्ग बनाउन झण्डै १५ अर्ब लाग्ने यस क्षेत्रका विज्ञहरु बताउँछन्।

अमेरिकामा सहयोग जुटाउँदै निमा




मङ्गलबार २६ जेष्ठ, २०७२
काठमाडौं– भूकम्पबाट प्रभावितका लागि सहयोग जुटाउन अमेरिका पुगेका गायक निमा रुम्बाले विभिन्न सांगीतिक कार्यक्रम गरिरहेका छन्। शनिबार कोलोराडोमा आयोजित 'हेल्प नेपाल बेनिफिट कर्न्सट'मा उनले लिमिटेड थ्री नामक नेपाल लाइभ ब्यान्डसँग सांगीतिक प्रस्तुति दिए।

मलेसियामा एक नेपाली ओछ्यानमै मृत भेटिए


गणेश आचार्य क्वालालम्पुर, जेठ २६ मलेसिया एक नेपाली कामदार आफ्नै ओछ्यानमा मृत भेटिएका छन् ।

लमजुङको शुन्दर बजारका जितेन्द्र गुरूङ सोमबार बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको उनका साथि चुडामणि पोखरेलले जानकारी दिएका छन् ।

शनिबार राति अबेरसम्म साथिहरू सँग कुरम गरेर सुतेका गुरूङ बिहान मृत अवस्थामा भेटिएको पोखरेलले बताए ।

२५ बर्षिय गुरूङ मलेसियाको एक टायल्स कम्पनीमा काम गर्थे । उनको शव अहिले पोष्टमार्टमका लागि यहाँको हाँको अस्पतालमा राखिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव नेपाल पठाइने कम्पनीले जनाएको छ ।

१६ बुँदे सहमतिको आज संविधानसभा मार्फत अनुमोदन गरिने


काठमाडौं, जेष्ठ २६ । नयाँ संविधानका सवै विवादित विषयहरुमा चार दलका नेताहरुबीच सहमति बनेको छ ।
नेपाली कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच आठ प्रदेशको संघीयता रहने गरी सवै विवादित विषयमा लिखित सहमति भएको हो ।

सहमतिलाई औपचारिक रुप दिएर आज बस्ने संविधानसभा बैठकबाट अनुमोदन
गरिने नेताहरुले बताएका छन् ।

सहमति अनुसार तत्कालका लागि नामांकन र सीमांकन विनाका ८ प्रदेश रहने छन् ।
बिज्ञहरुको समूह गठन गरेर प्रदेशको सिमाङकन गर्ने र प्रदेश सभाले नामाङकन गर्ने सहमति पनि भएको छ ।

त्यस्तै निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक हुने गरी सहमति भएको बताइएको छ ।

शासकीय स्वरुपमा सुधारिएको संसदीय व्यवस्था हुनेछ भने एकीकृत माओवादीले राष्ट्रपति प्रणाली हुनुपर्ने भन्दै फरक मत राख्ने छ ।

न्याय प्रणालीका सम्बन्धमा भने दश वर्षसम्मका लागि अलग्गै संवैधानिक अदालत राख्ने सहमति पनि गरिएको छ ।
यी बूँदाहरु लगायतका अन्य विषयहरु समेटेर नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अब फाष्ट ट्रयाकबाट संविधान लेखनको काम अगाडि बढ्ने भएको छ ।

आजको राशिफल ,वि.सं.२०७२ साल जेठ २६ गते। मंगलबार। २०१५ जुन ९ तारिख।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
अरूका काममा समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुन: प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी सामान्य भइरहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिए पनि दाम्पत्यमा असमझदारी बढ्न सक्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि केही प्रतिस्पर्धा भने गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। यसले केही चुनौती सामना गर्नपर्ने देखिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। घर–गृहस्थीमा भने समस्या आए पनि सामाजिक काममा फाइदा होला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ।

नेपाल राष्ट्र बैंक द्वारा आज मिति २०७२ साल जेठ २६ गते मंगल बार को लागी जारी गरेको बिदेशी बिनिमय दर एस प्रकार तोकेको छ ।


 Exchange Rate for 09 June, 2015 Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee 100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar 1 102.25 102.85
European euro 1 113.83 114.49
UK pound sterling 1 155.79 156.71
Swiss franc 1 108.80 109.44
Australian dollar 1 78.12 78.58
Canadian dollar 1 82.23 82.71
Singapore dollar 1 75.14 75.58
Japanese yen 10 8.16 8.21
Chinese renminbi (Yuan) 1 16.48 16.57
Saudi Arabian riyal 1 27.27 27.43
Qatari riyal 1 28.09 28.25
Thai baht 1 3.02 3.04
UAE Dirham 1 27.84 28.00
Malaysian ringgit 1 27.14 27.30
South Korean Won 100 9.11 9.16

______________________________
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone 1 12.16
Danish Krone 1 15.26
Hong Kong dollar 1 13.19
Kuwaiti Dinar 1 337.69
Bahraini Dinar 1 271.19
Note: Under the present system the open market exchange
rates quoted by different banks may differ.

८ प्रदेशमा सहमतिको विषयले प्रचण्ड मोर्चामा तीब्र विवाद राष्ट्रिय आवश्यकता र जनताको चाहनाअनुसार अगाडि बढ्नुपर्छः प्रचण्ड


काठमाडौँ, जेठ २५– दलहरुबीच ८ प्रदेशमा करीबकरीब सहमति भइसकेको भनिएपछि एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चामा तीब्र विवाद देखिएको छ ।

प्रचण्ड नेतृत्वको तीस दलीय मोर्चामा सहभागी राजनीतिक दलले सो सहमतिको विरोध गर्दै राज्य पुनःसंरचनाका विषयमा प्रस्ट धारणा बनाएर मात्रै सहमति गर्न जोड दिएका छन् ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा तराई–मधेस लोकतान्त्रिक पार्टी र मधेसी जनअधिकार फोरम नेपाललगायतले सीमाङ्कन नगरी राज्य पुनःसंरचनाका विषयमा सहमति नगर्न मोर्चाका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानकर्षण गराएका हुन् ।

मोर्चाका संयोजक प्रचण्डले भने मुलुकको आवश्यकता र चाहनालाई आत्मसात् गर्दै संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।राज्य पुनःसंरचना आयोग र अघिल्लो संविधानसभाको राज्य पुनसंरचना समितिले दिएको प्रतिवेदन तथा अन्य वस्तुगत अवस्थाका आधारमा सहमतिका लागि लचक बन्न उनले मोर्चामा सहभागी दललाई आग्रह गरेका थिए ।

बैठकपछि मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिका आधारमा संविधान जारी गर्नका लागि अधिकतम लचक भएर प्रस्तुत हुन संयोजकलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

उनले आफ्नो फरक मतसहित नै भए पनि संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको बताए ।

तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने सीमाङ्कनबिनाको सङ्घीय प्रदेश तथा निर्वाचनमा राखिएको मत प्रतिशत सीमाका विषयमा आफूलाई स्वीकार्य नभएको बताए ।

 मोर्चा विभाजित भएको हो त भन्ने जिज्ञासामा उनले चार शक्तिका बीचमा हुने सहमति वा असहमतिका आधारमा सबै विषय निर्धारण हुने बताए ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले पनि सबैलाई मान्य हुने गरी सहमति हुनुपर्नेमा जोड दिँदै चार पक्षका बीचमा हुने सहमति आफूहरूलाई मान्य नहुने बताए ।

 मोर्चाका प्रवक्ता सिंहले भने सबै दलले भने जस्तो सहमति हुन नसक्ने भएकाले केही गुनासो हुन सक्ने बताए ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले भने केही दलले विरोध गरे पनि मोर्चाको आजको निर्णय सर्वसम्मत भएको प्रतिक्रिया दिए ।

आजको बैठकमा मोर्चाका संयोजक प्रचण्डले चार दलका बीचमा भएको पछिल्लो छलफल र सहमतिको आधारका बारेमा जानकारी गराएका थिए ।

मारियो भनेर पुरिएर छोडिएको १० बर्षे बालक भागेर परिवारको सम्पर्कमा,अपहरणकारी प्रहरीको फन्दामा


काठमाण्डौं । १० वर्षीय बालकलाई अपहरण गरी फिरौती
रकम माग्ने दुई अपहरणकारीलाई क्राइम डिभिजन काठमाडौंले
पक्राउ गरेको छ । अपहरणकारीले काठमाडौं गोकर्णेश्वरका
ती बालकलाई ललाईफकाई अपहरण गरी म¥यो भनी खाडलमा
पुरेका थिए । जेठ २३ गते तीन बजेको समयमा १० वर्षीय
काठमाडौं गोकर्णेश्वरका बालकलाइ दुई जना
अपहरणकारीको समूहले अपहरण गरेका थिए । अपहरणकारीले ती
बालकसंग केही दिन यता सम्बन्ध बढाँउदै नजिकिएको र मौका
मिल्नासाथ अपहरण गरी नजिकैको कृष्ण मन्दिर पु¥याएका
थिए । बालकलाई त्यहाँ मरणासन्न हुने गरी कुटपिट गरेपछि
बालकको मृत्यु भएको ठानी अपहरणकारीले खाडलमा पुरेका
थिए । तर बालक केही बेरमा होसमा आएपछि त्यहाँबाट भागेर
आफ्नो साथीहरु भएको ठाँउमा पगी बेहोस भए । बालकलाई
अपहरण गरी हत्या प्रयास गरेका दोलखा जिल्ला मार्बु
गाविस ९का २३ वर्षीय भीम बहादुर मगर र दोलखा मार्बुकै २६
वर्षीय रुद्र खत्री अभिषेकले बालकका परिवारलाई फोन र
एसएमएस गरी बच्चा चाहिएमा तत्काल ५० लाख रुपैंया माग
गरेका थिए । यिनीहरुले सिन्धुपाल्चोकको एक्काइस किलो
काला पथ्थरमा फिरौती रकम माग गरेका थिए । क्राइम
डिभिजन काठमाडौंले यी दुई अपहरणकारीलाईफिरौती रकम
माग गर्न प्रयोग गरिएको सिमकार्ड, मोबाइल र एक थान
खुकुरी पनि बरामद गरेको छ । अपहरणमा परेका बालकको
घाँटी आँखा र छातीमा गम्भीर चोट लागेको र उनको
अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यी दुवै
अपहरणकारीलाई प्रहरीले अपहरण तथा शरीर बन्धक र ज्यान
मार्ने मुद्दा अन्र्तगत कारवाही गर्ने भएको छ ।

उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रु अधिक उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रु अधिक


काठमाडौं, जेष्ठ २५ । विनाशकारी भुकम्पपछि
सुनसान बनेको काठमाडौं उपत्यकामा आजभोली
फेरी चहलपहल बढेको छ ।
उपत्यकाबाट बाहिरिने भन्दा उपत्यका भित्रिने
यात्रुहरुको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएको छ ।
गएको २४ घण्टामा ७ हजार ४ सय २९ वटा सवारी
साधनमार्फत ५८ हजार ९ सय यात्रु काठमाडौं
भित्रिए भने ७ हजार २ सय ७३ वटा सवारी साधन
प्रयोग गरेर ५३ हजार २ सय ८५ यात्रु उपत्यकाबाट
बाहिरिएका छन् ।
काठमाडौं उपत्यकामा आइतबार भएका विभिन्न
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ,
जसमध्ये एक जना अत्यधिक मदिरा सेवर गरी तिव्र
गतिमा मोटरसाईकल चलाउने समेत रहेका छन् ।
गएराती विभिन्न स्थानमा भएका सवारी
चेकजाँचको क्रममा ६७ जनालाई नियन्त्रणमा
लिईएको छ ।
ती मध्ये अधिकांस मादक पदार्थ सेवन गरी सवारी
चलाउनेहरु रहेको सुरक्षा स्रोतले बताएको छ ।
उपत्यकाका सडकमा आज सवारी साधनको चाप केही
बढ्ने अनुमान गरिएको छ । उता पर्यटक आवागमन घट्दा
हवाई यातायात भने प्रभावित भएको छ ।
माउन्टेन फ्लाईटहरु लगभग शुन्यको अवस्थामा झरेका
छन् । आजका लागि अन्तराष्ट्रियतर्फ ६३ तथा
आन्तरिकतर्फ १ सय १० उडान तय भएका छन् ।

यी हुन् जनताको राहत बेच्ने सभासद्


काठमाडौं – भूकम्पपीडित जनतालाई राहत पुर्याउन धेरै
राजनीतिक दलका नेता, सभासद्, कार्यकर्ता र समाजसेवीहरु
आफैं हात पसार्दै ठाउँ ठाउँ चहारिरहेका छन् । सरकारले केही
दिन नसकेका बेला कतिपय सभासद्ले गाउँ गाउँमा आफैं पुगेर
व्यक्तिगत पहलमा पीडित जनतालाई सहयोग पनि गरे । तर
जनताले जिताएका केही सभासद् यस्ता पनि निस्किए, जो
जनताले पाउनुपर्ने राहतका सामान बेचेर खान समेत पछि परेनन् ।
राहतका त्रिपाल र खाद्यान्न बेचेको आरोप लागेपछि काभ्रे
क्षेत्र नं १ का सभासद् तीर्थ लामा केही समय फरार भए ।
भूकम्पपीडितका लागि संकलन भएको राहतमात्र उनले बेचेनन्,
सरकारले उपलब्ध गराएको राहत समेत उनैले गायब पारेको आरोप
लागेपछि जनताले जनताले उनको खोजी गरे । गुन्डागर्दीको
पृष्ठभूमीबाट आएका लामा कांग्रेस सभासद् हुन् ।
यसरी जनताका लागि आएको राहत चोर्ने अर्का सभासद्
सिन्धुपाल्चोक क्षेत्र नं. १ का मोहन बस्नेत पनि हुन् । स्थानीय
प्रशासनले समेत बस्नेतको गतिविधिबाट हैरानी बेहोरेको छ ।
बुढानिलकण्ठका पूर्वविद्यार्थीहरुको संस्था सेब्सले
सिन्धुपाल्चोकका भूकम्प पीडितका लागि बााड्न लगेको
सामग्री लुटेर बस्नेतले कहाँ लगे भन्ने कसैलाई थाहा छैन ।
भूकम्पले सबैभन्दा बढी तहसनहस पारेका २ का सभासद् अग्नी
सापकोटा र ३ नम्बरका शेरबहादुर तामाङ पीडितकै बस्तीमा
छन् । तर, बस्नेत भने आफ्नो क्षेत्रमा व्यक्ति या संघ संस्थाले
लगेका राहत समेत लुटपाट गर्न सक्रिय भएपछि अरु दलले उनलाई
लखेट्ने योजना बनाएका छन् ।
राहत सामग्री गायब पार्ने सभासद्को लिष्टमा ललितपुर १
का उदय शमशेर राणा पनि परेका छन् । उदयशमशेर राणाले
भारतीय दूतावासबाट ठूलो मात्रामा त्रिपाल र कम्बल लिएको तर भूकम्पपीडित जनताले नपाएको कांग्रेसकै नेताहरु
मथुरा घिमिरे, मीनकृष्ण महर्जनहरुले लगाएका छन् ।
दूताबासबाट लिएको त्रिपाल अन्तै बेचेर राणाले
एनजिओमार्फत राहत बाँडेको पाइएको छ । राणाकी
श्रीमती भारतीय दूतावासमा काम गर्छिन्, आजको साँघु
साप्ताहिकमा खबर छ ।

भीषण पहिरोपछि घरबारविहीन भएकालाई पुनर्वासको पहल सुरु




म्याग्दी, जेठ २५–यही जेठ १० गते काफलडाँडाबाट खसेकोभीषण पहिरोले भगवती–२ र राम्चे–९ बैँसरी बस्ती पुरिएपछिघरबारविहीन भएकालाई पुनर्वासको पहल सुरु भएको छ ।बैसरीका २७ घर पूर्ण रुपमा पुरिएपछि अहिले पिप्ले–४ कोराहुपारेमा अस्थायी छाप्रोमा बस्दै आएकापहिरोपीडितलाई दीर्घकालीन बसोबासको व्यवस्थामिलाउन पहल सुरु गरिएको हो । आइतबार बसेको जिल्ला विपद्व्यवस्थापन समितिको बैठकले पहिरोपीडितको मागअनुसारभगवती–१ रिठाबोटमा बेनी–जोमसोम सडकखण्डमा पर्नेसार्वजनिक जग्गामा पुनर्वासको पहल गर्ने निर्णय भएकोप्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।तत्कालै नापी र मालपोत कार्यालयमार्फत पीडितको यकिनगरी अन्य ठाउँमा जग्गा नभएकालाई स्थायी रुपमाबसोबासका लागि रिठाबोटमा व्यवस्था गर्न पहल गरिनेप्रजिअ केसीले बताए ।बस्ती पुरिएपछि अस्थायी छाप्रोमुनि बस्दै आएकाबैसरीवासीले बर्खा अगावै सुरक्षित स्थानमा बसोबासकोव्यवस्था गर्न माग गरेका छन् ।जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् रसरोकारवालासँग थप छलफल गरी उपयुक्त स्थानको पहिचानगरी पुनर्वासका लागि काम सुरु गर्ने जिल्ला विपद्व्यवस्थापन समितिले जनाएको छ । सार्वजनिक जग्गामापुनर्वास गराउनका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्नेप्रावधान रहेको छ । सानो व्यापारिक केन्द्रकै रुपमा रहेकोबैँसरी पुरिएपछि स्थानीयवासीको दैनिक गुजारा चलाउनेआधारसमेत पहिरोले खोसेको छ ।बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने रिठाबोट क्षेत्रमैपुनर्वास मिलाए होटल पसल चलाएरै जीविकोपार्जन गर्नसकिने भएकाले आवश्यक पहल गर्न आग्रह गरिएको बैँसरीपहिरोपीडित राहत व्यवस्थापन समितिका अध्यक्षभीमबहादुर कार्कीले बताए । “होटल र पसल चलाएर बैँसरीकाअधिकांशको गुजारा चलेको थियो, पहिरोले बस्तीसँगै पूरै पु¥यो, अब कसरी दैनिकी चलाउने”, उनले भने । बैँसरीपहिरोपीडित अधिकांशले सडकखण्डकै छेउछाउमा बस्ने इच्छादेखाएका छन् । तर एकै ठाउँमा सबैलाई पुनर्वास गराउनसक्नेउपयुक्त स्थानको अभाव देखिएको भगवती गाविस सचिवभोलानाथ आचार्यले बताए ।

संविधानका विवादित विषय टुङ्ग्याउन बालुवाटारमा चार दलको बैठक



काठमाडौँ, २५ जेठ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधानका विवादित विषयलाई अहिले बसिरहेको चार दलको बैठकबाट टुङ्ग्याउने तयारी गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा दुई दलबीच भएको समझदारी अनुसार संविधानका विवादित विषयलाई सोमबार चार दल बसेर टुङ्ग्याइने निर्णय भएको थियो । सोही निर्णय अनुसार अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बसिरहेको नेपाली काँग्रेसका नेता एवम् वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले जानकारी दिनुभयो । चार दलका शीर्ष नेताहरुको बैठकले निर्वाचन प्रणाली र सङ्घीय प्रदेशको रचनाका मुद्दालगायत अन्य नमिलेका विषयमा घनिभूत रुपमा छलफल गरी टुङ्ग्याउने आशा व्यक्त गर्नुभयो । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जतिसक्यो चाँडो संविधान जारी गर्ने गरी सबै पार्टी लागिरहेको अवस्थामा सङ्घीय प्रदेशको सङ्ख्याका विषयमा शीर्ष नेताहरु गम्भीर ढङ्गले बैठक बसी आजै टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सबै दल छिटो छिटो संविधान ल्याउनुपर्छ भनेर जोडतोडका साथ लागेको उल्लेख गर्दै प्रदेशको सङ्ख्यामा सहमति नजिक पुगको र सीमाङ्कनमा फरक फरक धारणा आइरहेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिको प्रेममा पागल बनेकी थिइन् यी हिरोईन


जेठ २२ गते, काठमाडौं । संसारकी सबैभन्दा सुन्दर महिला मर्लिन मुनरोले आज कै दिन जन्म लिएकी थिईन् । आफ्नो अति आकर्षक सौन्दर्य र दमदार अभिनय क्षमताको ताकतमा छोटो समयमै उचाईमा पुग्न सफल भईन् ।
तर, त्यही बेला उनको जीवनमा जोडिएको एउटा घटना जसले उनको भरिएको जवानी र सफल भइरहेको करियरलाई धरापमा पार्‍यो ।

उनको जन्म हुने वित्तिकै उनकी आमा ग्लैडिस मानसिक रुपमा विरामी भईन् । र मर्लिनलाई एक बच्चा पाल्ने दम्पत्तीको जिम्मा लगाईन् । तर केही दिनपछि उनकी आमाले उनलाई फिर्ता लग्न चोर्ने प्रयास गरिन् । र उनलाई लिएर आफ्नी सौतासँग बस्न थालिन् । तिनै सौतेली आमाले मर्लिनलाई कलाकार बन्ने सपना देखाईन् ।

अभिनयको दुनियामा आउने वित्तिकै मर्लिनले आफ्नो कामुक सौँन्दर्यबाट सेक्स सिम्बल बनिन् । र ठूला ठूला मानिस उनीमाथि फिदा हुन थाले । तर मर्लिनलाई जरुरत थियो एउटा सच्चा प्रेमी, जसले चोखो माया गरोस । त्यो कुरा जो मर्लिनले तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ कैनेडीमा खोज्ने प्रयास गरिन् ।
मर्लिनको कथामा २००९ मा प्रकाशित पुस्तक ‘सीक्रेट लाइफ अफ मर्लिन मुनरो’का अनुसार पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई सधैभरी हलिउड हिरोइनहरु मन पथ्र्यो ।

मर्लिनसँगको भेटपछि दुबै जना एकअर्काप्रति नजिक हुन थाले । ती दिनहरुमा मर्लिन पनि मानसिक तनावमा थिईन् । उनको पारिवारिक जीवन असफल भइसकेको थियो । र त्यही बीचमा उनले हस्पिटल सम्म जानुप¥यो ।

तर राष्ट्रपति कैनेडीसँग भेट भएपछि उनको जिन्दगीमा फेरि खुसीयाली छायो र उनी फेरि चर्चाको शिखरमा पुगिन् । यसै क्रममा जोन र मर्लिन पाम स्प्रिंग्स, फ्लोरिडामा एक हप्ते छुट्टी बिताउन गए र त्यसपछि दुबैको सम्बन्धमा अलग्गै मोड आयो ।

यो हप्ते छुट्टीको बारेमा लस एंजिल्सका एक भूतपूर्व विशेष सलाहकार काउन्टी भन्छन्-‘छुट्टिका दिनहरुमा उहाँहरुले भेटेका थिए । दुबै एक–अर्कामा समर्पित भएका थिए । प्रेमको उत्कर्षमा शारीरिक सम्बन्ध पनि गासिएको थियो । तर त्यसपछि जे पनि भयो त्यो सबै दुःखदायी थियो ।’
राष्ट्रपति केनेडीका एक आत्मिय साथी जर्ज स्मैदर्स भन्छन्–हप्ते छुट्टीबाट फर्किएपछि मर्लिन उनलाई बारम्बार फोन गर्थिन । तर उनी फोन उठाउँदैनथे ।

उनका अनुसार एक समय राष्ट्रपतिले कैनेडीले मर्लिनसँग कुरा गरे र भने–‘तिमी यस देशको प्रथम महिला बन्न योग्य छैनौं प्रिय ।’ कैनडीका यी शब्द मर्लिनलाई आत्महत्या गर्न प्रेरित गर्नसम्मका थिए । तरपनि उनले हार मानिनन् ।
राष्ट्रपति कैनेडीको जन्मदिनको खुशीमा बोलाइएको एक पार्टीमा मेडिसन स्क्वायर गार्डेनबाट एक गीतको माध्यमबाट अमेरिकाका पूरै जनताको सामुन्ने राष्ट्रपतिसँग आफ्नो सम्बन्धको बारेमा मर्लिनले बताएकी थिईन् ।
यो घटनाबाट जोनकी पत्नी जैकी केनेडीले उनलाई सम्बन्ध विच्छेदको धम्की दिईन् । त्यसपछि राष्ट्रपनि कैनेडीले आफ्ना भाई रोबर्ट उर्फ बबी केनेडीलाई मर्लिन भएको ठाउँ पठाए । र पूराना सबै सम्बन्ध विर्सिएर आफ्नो बाटो लाग्न भनेर सन्देश पठाए ।

आफ्नो प्रेमीको यस्तो सन्देशबाट मर्लिन निकै दुःखी थिईन् । त्यसपछि उनको मानसिक प्रेसर बढ्यो । त्यो नशा कम गराउन अर्को नशा लिन थालिन । त्यसको लागि औषधि खान थालिन् । उनले ह्वाईट हाउसमा लाखौंपटक फोन गरिन तर सबै प्रयास असफल भए ।

मर्लिनलाई आफ्नी आमाको जस्तै मानसिक रोगी बनिन्छ कि भन्ने डर थियो । त्यो डरबाट उनी झन बढी औषधि खान थालिन् । र उनको हालत कमजोर हँदै गयो । यो भयानक प्रेमरोगमा उनी किनारा पुग्न सकिनन् । र एक दिन उनले आत्महत्या गरिन् ।

मर्लिनको मृत्युपछि अखबार, पत्रपत्रिका र टेलिभिजन समाचारमा त्यो एक हप्ते छुट्टिलाई लिएर अनेक अनेक कुराहरु टिप्पणीहरु गरिए । तर कोहीपनि कुनै निर्णयमा पुग्न सकेनन् । हो, त्यो हप्ताले दुनियाबाट सबैभन्दा सुन्दर महिलालाई सधैका लागि लग्यो । त्यो बेला मर्लिन महज ३६ वर्षकी थिईन् । एजेन्सी

वि.सं.२०७२ साल जेठ २२ गते। शुक्रबार। इश्वी सन् २०१५ जुन ५ तारिखको राशिफल.. ..


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगी जुटाउन नसकिएला। चुनौतीपूर्ण कामको दायित्व आइपर्ला। धेरै परिश्रमपछि न्यून सफलता मिल्ने देखिन्छ। आँटेको काम पूरा नहुन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिने सम्भावना छ, सचेत रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लाग्नेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअप्रिय समाचारले दुःखी बनाउला। अध्ययनमा समय दिन नसकिएला। व्यापार व्यवसायमा समेत कममात्र फाइदा हुने समय छ। धैर्यले काम लिनुपर्ला। काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।


कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा भने अलि कममात्र फाइदा होला। तापनि, प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकाममा लगानी बढाउने समय छ। शोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम तत्काल बन्न सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। आफन्तजनबाट अलि टाढिनुपर्ला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। तर, तत्काललाई धेरै श्रमपछि कम मूल्य पाइने योग छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। लगानीको तुलनामा कम प्रतिफल पाइएला। तापनि, आजको प्रयत्नबाट दिगो फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

२०७२ जेठ २२, शुक्रबार Exchange Rate for05 June, 2015




Exchange Rate for05 June, 2015
Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
102.29
102.89
European euro
1
116.03
116.71
UK pound sterling
1
157.68
158.61
Swiss franc
1
110.01
110.65
Australian dollar
1
79.24
79.71
Canadian dollar
1
82.13
82.61
Singapore dollar
1
76.10
76.54
Japanese yen
10
8.25
8.29
Chinese Renminbi (Yuan)
1
16.49
16.59
Saudi Arabian Riyal
1
27.27
27.43
Qatari Riyal
1
28.10
28.26
Thai Baht
1
3.03
3.05
UAE Dirham
1
27.85
28.01
Malaysian Ringgit
1
27.67
27.83
South Korean Won
100
9.20
9.25

-------------------------------------
Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Kroner
1
12.38
Danish Kroner
1
15.55
Hong Kong Dollar
1
13.19
Kuwaity Dinar
1
338.92
Baharain Dinar
1
271.28
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

एसएसबीबीच गोली हानाहान



विराटनगर–सीमावर्ती बजार जोगवनीस्थित एसएसबीको बोर्डर आउट पोष्ट क्याम्पमा कार्यरत्त दुई जवानबीच 'गोली हानाहान' भएको छ । मंगलबार अवेर राति भएको उक्त घटनामा एसएसबीका दुई जवान गम्भीर घाइते भएका छन्।

भारतीय पत्रिका हिन्दुस्तानको भागलपुर संस्करणमा छापिएको समाचारमा एसएसबीका ती दुई जवानले आपसी विवादमा एक–अर्कालाई गोली हानेको उल्लेख गरिएको छ । तर, एसएसबीका डिआइजी एसएस ठाकुरले 'एक्सीडेंटल फायर'मा दुई जवान घाइते भएको बताएका छन् । घटनाकै राति डिआईजी ठाकुर जवानको उपचार भइरहेको फारविंशगञ्जस्थित जीवन ज्योती अस्पताल पुगेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जोगवनीस्थित एसएसबी कार्यालयले जानकारी दिएको छ । घटनामा जवान राजस्थान घर भएका अशोककुमार बर्मा र उत्तर–प्रदेशका राहुल कुमार घाइते भएका छन् । एसएसबीका जवान राहुलको तालुमा गोली लागेको छ । उनको अवस्था गम्भीर छ । अशोकको छातीमा गोली लागेको छ । जीवन ज्योती अस्पतालका प्रवन्धक सरिता मेहताले गोली लागेका एसएसबीका दुबै जवानलाई बचाउने प्रयास जारी रहेको बताइन् ।

एसएसबीको क्याम्प कार्यालयले जोगवनीको प्रहरी प्रमुखलाई पेट्रोलिङ सकिएपछि ब्यारेकमा आएर पानी खाने क्रममा हतियार झरेर गोली चलेकाले दुबै घाइते भएको लिखित रिर्पोट बुझाएको छ । घटनापछि एसएसबीले कोर्ट अफ इनक्वायरी गठन गरेको छ । भारत सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षार्थ अर्ध सुरक्षा वल एसएसबीको तैनाथी गरेको छ ।

भूगोल नै परिवर्तत भएछ भूकम्पबाट उपत्यकाको






यही वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पले काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका भौगोलिक अवस्थामा परिवर्तन आएको छ । उपत्यका तीन मिटर दक्षिण सरेको विज्ञहरुको भनाइ आरहेका बेला नेपालको आधिकारिक निकायले सो कुरा बताएको हो ।

नापी विभागले वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली परकम्पले पुर्याएको प्रभावका बारेमा गरेको अनुसन्धानले जमिनमा फेरबदल आएको पाएको हो ।

विभागले काठमाडौँ उपत्यकाका नगरकोट, लाखेडाँडा, स्वयम्भू र फुल्चोकी तथा नुवाकोटको कुमरीडाँडामा अध्ययन गरेको थियो । सोअनुसार नगरकोटमा १.८२ मि, फुल्चोकीमा ०.९२ मि, लाखेडाँडामा ०.९९ मि, स्वयम्भूमा १.६४ र कुमरीडाँडामा १.७१ मि दक्षिण पश्चिम दिशामा परिवर्तन भएको विभागले जनाइएको छ ।

अमेरिकाको कोलोराडो विश्वविद्यालयको सहयोगमा विभागले ‘गोरखा भूकम्प’बाट सरेको भनिएको जग्गा नापीलाई जारी राखेको सूचना अधिकृत अनिल मरासिनीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “भूकम्प गएको केही दिनमा भूकम्पले क्षति पुर्याएका विभिन्न पाँच ठाउँको अध्ययन ग¥यौँ, अहिले अमेरिकाको विश्वविद्यालयको सहयोगमा देशभरका मुख्य २५ स्थानको अध्ययन गर्न लागेका छौँ ।” उहाँका अनुसार ‘ग्लोबल पोजिसनिङ सिस्टम’ बाट भूकम्प नगएका हङकङ, ल्हासा, बैंलोर, हैदराबाद, कजकस्थान, ओमान, मङ्गोलियालगायत १३ स्थानबाट नेपालको अध्ययन गरिएको थियो ।

विभागले विभिन्न सङ्घसंस्थाका सहयोगमा भूकम्प प्रभावितमध्ये १७ जिल्लामा भएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी वेबसाइटमा राख्ने काम गरेको महानिर्देशक मधुसूदन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार गर्न सजिलो होस् भन्नका लागि बेबसाइट हेरेर प्रभावित क्षेत्रमा जान मिल्ने गरेर नक्सा तयार गरेका छौँ ।”

नक्सा सर्भेक्षणका लागि चाहिने आधारभूत वस्तु खरिद गर्नका लागि व्यवस्थापिका–संसद्को समितिमा जानकारी गराइसकिएको अधिकारीले बताउनुभयो ।

चरमपन्थीको आक्रमणमा २० भारतीय सैनिक मारिए


चरमपन्थीको आक्रमणमा २० भारतीय सैनिक मारिए

जेठ २१,  : भारतको मणिपुरस्थित चन्देल जिल्लामा विद्रोही समूहको आक्रमणमा परी २० जना भारतीय सैनिकको ज्यान गएको छ । उक्त आक्रमणमा परी ११ जना घाइते भएका छन्।

सेना सवार ट्रकलार्इ लक्षित गरी रकेट बम हान्दा यतिका संख्यामा सैनिकको ज्यान गएको हो । चरमपन्थीको हमलामा यो वर्ष यति धेरै सैनिक एकैपटक सैनिक मारिएको सबैभन्दा ठूलो घटना हो।

६ डोगरा रेजिमेन्टका जवान सवार ट्रक बम हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो आक्रमण स्थानीय समयअनुसार बिहीबार बिहान आठ बजे भएको थियो। सैनिकहरू मोलटुक उपत्यकाबाट लोरंग फर्किरहेका बेला यो आक्रमण भएको हो ।

सुरक्षाअधिकारीले दिएको जानकारीअनुसार विद्रोहीले सुरुमा सेनाको ट्रकमा रकेट आक्रमण गरेका थिए। त्यसलगत्तै उनीहरूले मेसिनगनबाट गोली प्रहार गरेका थिए।
६ डोगरा रेजिमेन्टको एक समूह इम्फालबाट ८० किलोमिटर टाढा रहेको तेनगनोउपाल-न्यु समतल रोड हुँदै नियमित गस्ती गरिरहेका थिए।

उक्त आक्रमण गर्ने संगठनका बारेमा जानकारी हुन नसकेको सेनाले बताएको छ। उक्त आक्रमण उग्रवादी संगठनले गरेको सेनाले दाबी गरेको छ।

सेनाले गरेको जवाफी आक्रमणमा पाँचजना लडाकु पनि मारिएका छन्। यो ठाउँ सेनाका लागि निकै कठिन रहेको जानकारी दिइएको छ। घटनास्थल विकट पहाडी इलाका रहेको र घना जंगलयुक्त छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनालार्इ अफसोसकारुपमा लिँदै निन्दा गरेका छन् ।

यो घटनापछि गृहमन्त्री राजनाथ सिंहले आपतकालिन बैठक बोलाएका छन् । बैठकमा रक्षामन्त्री मनोहर पर्रिकर,  सेना प्रमुख दलबीर सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित देबल पनि उपस्थित थिए । एजेन्सी

चार दल बैठकः सहमति नजिक पुगेको दाबी


काठमाडौं, जेठ २१– संविधानका विवादित विषयमा सहमति जुटाउन तथा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलहरुबीच आज साँझ भएको छलफल सकारात्मक भएको दाबी गरिएपनि ठोस सहमति भने हुन सकेको छैन। three party meeting
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि नेताहरुले छलफल अत्यन्तै सकारात्मक भएको दाबी गर्दै भोलि फेरि बस्नेगरी बैठक टुंगिएको जानकारी दिए ।

नेताहरुका अनुसार ६ प्रदेशमा सहमति गर्नेगरी छलफल चलिरहेको छ । तर संघीयताको स्वरुप तथा नामांकनको विषयमा दलहरुबीच विवाद कायम रहेको बताइएको छ । सोहि विवादका कारण आज सहमति हुन नसकेको र संघीयताको स्वरुप र सिमांकनका बिषयमा गहन छलफल गर्न भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सकारात्मक छलफल भएको बताउदै संघीयताका आधार र सिमाका बिषयमा थप केही समय छलफल गर्न आवश्यक रहेकाले समय लिनुपरेको बताए । उनले ६ प्रदेशमा केकिन्द्रत रहेर छलफल भइरहेको बताए ।

यस्तै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठक सकारात्मक भएको भन्दै विवादित विषयमा सहमति नजिक पुगेको दाबी गरे । उनले केही विषयमा आन्तरिक र अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले भोली विहान दश बजे पुन बैठक बस्ने बताए ।

मौसममा देखिएको सामान्य बदलीसंगै काठमाण्डौं आसपासका क्षेत्रमा पानी पर्यो


केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले आहत काठमाण्डौ र आसपासका क्षेत्रका मानिसले केही राहत महसुस गरेका छन् ।
मौसममा भएको बदलीसंगै पानी परेकाले काठमाडौं र आसपसाका मानिसले केही राहत महसुस गरेका हुन् ।

पानी परेसंगै काठमाण्डौं र आसपासका क्षेत्रमा केही शितल भएको छ । तर तापक्रम भने नघट्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बदली भएपनि ठूलो पानी
पर्ने संभावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार उपत्यकाको केही ठाउँमा फाट्टफुट्ट
पानी परेपछि केही बेरमा नै मौसम खुल्नेछ।

भारतको मध्य प्रदेशमा उत्पन्न जलवाष्पयुक्त हावा र पश्चिम वायुको
प्रभावका कारण मौसम बदली भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज मध्य र पश्चिमको पहाडी क्षेत्र र पूर्वमा क्षणिक वर्षाको संभावना छ । मौसम बदली भएसँगै अघिल्ला दिनको तुलनामा आज केही शितल भएको छ । मौसमविद् पौडेलले अहिलेको अवस्था हेर्दा मनसुन भित्रन अझै केहि दिन लाग्ने अनुमान गरिएको बताउनुभयो ।

 मनसुनको लागि भारतबाट जलवाष्पयुक्त हावा नेपालको पूर्व हुँदै भित्रनुपर्ने हुन्छ, जुन अहिले देखिएको छैन । मनसुन नभित्रँदा गर्मी बढेको हो । यो अझै केहिदिन चल्ने उहाँले बताउनुभयो ।

ट्रकको ठक्करबाट मलेसियामा मानबहादुरको मृत्यु


मलेसिया : २१ दिन अघि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका
नवलपरासीका मानबहादुर विकको उपचारको क्रममा मलेसियाको
पेनाङमा मृत्यु भएको छ ।

सात वर्षदेखि पेनाङ्गको वुकिट तम्बुनस्थित युवान हिन कम्पनीमा
कार्यरत उनी मे १४ मा दुर्घटनामा परेका थिए ।

बाटो काटने क्रम मा ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारकै
क्रममा सोमबार मृत्यु भएको रामेछापका थलेन्द्र भुजेलले जानकारी दिए ।

बिक केही एक महिनापछि नेपाल फर्किने तयारीमा रहेका थिए ।
उनका जेठा छोरा पनि मलेसियामै कार्यरत रहेकाले पोष्टमार्टमपछि बुवाको शव लिएर उनी घर जाने भएका छ्न । अर्जुन काफ्ले, अन्नपूर्ण

आजको रासिफल



'आज वि.सं.२०७२ साल जेठ २१ गते। बिहीबार। इश्वी सन् २०१५ जुन ४ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३५ तछलागा।😀😀😀

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकार प्राप्तिका लागि केही प्रतिस्पर्धा भने गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। यसले केही चुनौती सामना गर्नपर्ने देखिन्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समयमा निर्णय नलिनाले हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयता बढ्नेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना गोप्य
राख्नुहोला। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।


तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसरका लागि ठूलै प्रयत्न र लगानी गर्नुपर्ने समय छ। तापनि, चुनौतीका बाबजुद केही काम काम बन्न सक्छ। फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ। केही मात्रामा खर्च बढ्नेछ। र शारीरिक थकान वा आलस्य जाग्नेछ। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। स्थानान्तरण वा लामो यात्रा होला। वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। भएको आम्दानी र सञ्चित रकम भने खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।


बाटोमा गाडी कुरेर बसेका जनतालार्इ लिफ्ट दिने राजा


दसैँ टीकाको ठीक भोलिपल्ट ०५६ साल। साँझ पर्नै लागेको थियो। नुवाकोटको ककनी हुँदै काठमाडौँ छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यति गुडेका थिएनन्। एकाधमध्ये सबै साधन दसैँ मान्न जाने-आउने यात्रुले ठेलमठेल थिए। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन
मुस्किल थियो।

यस्तैमा एउटा कार ककनी हुँदै ओशो तपोवन रहेको गोलढुंगा भञ्ज्याङ आइपुग्यो। गाडीमा तीन यात्री थिए। एक जना चालक, सँगैको सिटमा उनकी
श्रीमती अनि पछिल्तिरको सिटमा सैनिक बर्दी लगाएका अर्का एक पुरुष। कार चालकको आँखा गाडी नपाएर निराश र हतास मुद्रामा अघि बढिरहेको एक
दम्पतीतिर पर्यो।

तीमध्ये पतिले एक बालक बोकेका थिए भने बाँकी केटाकेटी हिँड्दाहिँड्दा थकित भइसकेकी पत्नीले समाइरहेकी थिइन्। गाडी नपाएर यस्तो सास्ती भोगिरहेको दम्पतीका अघिल्तिर कार रोकियो। चालकले लोग्नेमान्छेसँग सोधे, “कहाँ पुग्ने हो ?” उनले जवाफ दिए, “भक्तपुरको सुडाल।” चालकले
बच्चासहितका दम्पतीलाई कारमा बस्न अनुरोध गरे। अनि, बालाजु बाइपाससम्म ल्याएर छाडिदिए। त्यस कारका चालक अरू कोही होइन, राजा वीरेन्द थिए।

साथमा थिइन्, रानी ऐश्वर्य। कारको पछिल्तिरका सैनिक बर्दीवाल राजा वीरेन्द्रका एडीसी महासेनानी सुन्दरप्रताप राना थिए। यो थियो, राजा वीरेन्द्रको सहृदयताको नमुना, जो ठीक १४ वर्षअघि १९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डमा आफ्नो पूरै वंशसहित मारिएका थिए। राजा वीरेन्द्रका बारेमा अक्सर कल्पना हुन्छ, उनको जीवनशैली, भव्य र विलासी थियो होला।

उनी बस्ने दरबार पनि त्यस्तै भव्य थियो होला, जस्तो राणा शासकहरूको हुने गथ्र्यो। बोलीचाली त्यस्तै रवाफिलो थियो होला। तर, यस्ता सोचाइ र अनुमान विपरीतका थिए, राजा वीरेन्द्र। उनी सहृदयी र कोमल प्रकृतिका थिए। यो कुरा बुझ्न काफी छ गाडी नपाएर असिनपसिन बनेको त्यो दम्पतीलाई लिफ्ट दिएको घटना।

के तपाइको कपाल झर्ने समस्या छ ? तेसो भय यसो गर्नुहोसः


आजकल कपाल झर्ने समस्याबाट धैरै मानिस पिडित छन् । लामो, बलियो र
चम्किलो कपाल पाल्ने चाहना सवैको हुन्छ।

कपाल झर्ने समस्याले हैरान
हुनेहरुलाई कपाल झर्न रोक्ने प्राकृतिक उपाय यहाँ सुझाइएको छ। कपाल झर्न रोक्नको लागी हामिले खाने कुराले समेत प्रत्यक्ष प्रभाव पार्दछ।
कपाल झर्नबाट रोक्न उपयोगी हुने ६ चीज यस प्रकार छन्..

१. सिमिः सिमिमा पर्याप्त मात्रमा फाइबर पाइन्छ । एक कप पाकेको
सिमीको गेडामा १३ ग्राम सम्म फाइबर पाइन्छ । सिमिमा प्रोटिन पनि
पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ ।

२. बदाम र काजुः बदाम र काजु जस्ता खानेकुरा पनि कपालको लागि निकै
महत्वपुर्ण मानिन्छन् । बदाम र काजुमा हुने ओमेगा ३,खनिज, सेलेनियम,
जिंक जस्ता पदार्थ पाइन्छ जसले कपालालई स्वस्थ र चम्किलो बनाउँछन् ।

३. सल्मोन माछाः सल्मोन माछामा पर्याप्त मात्रमा ओमेगा ३, भिटामिन
बी १२ पाइन्छ,जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन
१२ को कमिले कपाल रुखो बन्छ ।

४.गाँजरः गाँजरले कपालको प्राकृतिक कन्डिसिनिङ गर्दछ। यसका साथै गाँजरमा भिटामिन ए पनि पर्याप्त मात्रमा पाइन्छ ।

५.हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन,
भिटामिन्स, क्याल्सियम पाइन्छ, कपालको वृद्धीको
लागी यी तत्वहरु निकै उपयोगी हुन्छन् ।

६.अण्डाः अण्डमा प्रोटिन, भिटामिन बि १२, बायटिन जस्ता तत्व पाइन्छ ।
यसलाई पकाउँदा थोरै तेल वा घ्युका प्रयोग गरे झन उपयोगी हुन्छ ।

नेपाल राष्ट्र बैंक द्वारा आज मिति २०७२ जेठ २१ गते बिहीबारको लागि जारी गरेको बिदेशी विनिमय दर एस प्रकार छ /



Exchange Rate for 04 June, 2015 Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
102.17
102.77
European euro
1
113.59
114.26
UK pound sterling
1
155.95
156.86
Swiss franc
1
109.14
109.78
Australian dollar
1
79.48
79.95
Canadian dollar
1
82.15
82.63
Singapore dollar
1
75.83
76.28
Japanese yen
10
8.22
8.26
Chinese renminbi (Yuan)
1
16.49
16.58
Saudi Arabian riyal
1
27.24
27.40
Qatari riyal
1
28.06
28.23
Thai baht
1
3.03
3.05
UAE Dirham
1
27.82
27.98
Malaysian ringgit
1
27.69
27.86
South Korean Won 100
9.23
9.28
-----------------------------------------
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.10
Danish Krone
1
15.23
Hong Kong dollar
1
13.18
Kuwaiti Dinar
1
337.93
Bahraini Dinar
1
270.98

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

नाइजेरियाको ‘डेङ्गोटे’द्धारा १० करोड रुपैयाँ सहयोग घोषणा




काठमाडौं, जेष्ठ १९ । अफ्रिकीमुलुक नाइजेरियाको ‘डेङ्गोटे’ कम्पनीले नेपालका भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

डेङ्गोटेले भूकम्प प्रभावितको पुनःस्थापना र पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ मिलियन अमेरिकी डलर रकम सहयोग गर्ने घोषणा गरेको हो ।

अफ्रिकी महादेशका लागि गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक हिक्मत थापाको पहलकदमीमा डेङ्गोटेले सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न लागेको बताइएको छ ।

उक्त सहयोग रकम केही दिनमा राहत कोषमा जम्मा गरिने संयोजक थापाले हामीलाई जानकारी दिए । डेङ्गोटे अफ्रिकी महादेशकै ठूलो र प्रतिष्ठित कम्पनी रहेको बताइएको छ ।

भूकम्प पीडितको परिचयपत्र बन्यो, अब नगद पाउने, नक्कलीलाई परिचपय दिए सरकारी अधिकारी कारवाहीमा.....!


२० जेठ, काठमाडौं

- सरकारले भूकम्प पीडितको परिचयपत्र बनाएर मात्रै अस्थायी घर बनाउनका लागि नगद र अन्य राहत सुविधा उपलव्ध गराउने भएको छ ।

यसअघि निकासा भएर जिल्ला गइसकेको बजेट पनि परिचयपत्रका आधारमा मात्र वितरण गर्न लागिएको हो । वास्तविक पीडितको परिचयपत्र बनाएर वितरण गर्दा दुरुपयोगको सम्भावना नहुने भएकाले यसो गरिएको गृहमन्त्री बामदेव गौतमले बताए ।
परिचयपत्रको नमूना केन्द्रबाट भूकम्प प्रभावित सबै जिल्लामा पठाइसकिएको छ । परिचयपत्रको फारममा घरमूलीको फोटोसहित राखिने र सोही आधारमा भूकम्प पीडितलाई परिचय पत्र प्रदान गरिनेछ ।

जिल्ला दैबी प्रकोप उद्दार समितिहरुले केन्द्रले पठाएको नमूना अनुसार आ-आफ्नै फारम बनाई गाविस सचिव मार्फत वितरण गरेका छन् । जसमा क्षतिको अवस्था, परिवारको संख्या लगायत सबै विवरण भर्नुपर्नेछ ।

यो विवरण रुजु गरेपछि वास्तविक पीडितलाई उसको वर्ग अनुसारको परिचयपत्र दिएर राहत नगद वितरण गरिनेछ । वर्ग भन्नाले घरको क्षतिलाई निर्धारण गरिएको छ ।

यो परिचयपत्र राहत सुविधा, ऋणलगायत भूकम्प पीडितले पाउने सबै सुविधाका लागि आधिकारिक प्रमाण मानिने गृह मन्त्रालयले जनाएको छ । वास्तविक पीडितभन्दा अरुले कुनै उपायबाट यो परिचयपत्र प्राप्त गरेमा परिचयपत्र प्रदान गर्ने व्यक्तिसमेत कारवाहीमा पर्ने चेतावनी दिइएको छ ।

नेकपा (माले) ले भूकम्पप्रभावित क्षेत्रको भग्नावशेष हटायो.......!


काठमाडौँ-२० जेष्ठ

- नेकपा (माले) ले भूकम्पप्रभावित क्षेत्रको भग्नावशेष हटाउनका साथै नयाँ घरटहरा बनाउने कार्यलाई प्राथमिकता दिएको छ।पार्टीका पोलिटब्यूरो सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा बनेको ११ सदस्यीय समितिले वृहत लोक स्वयम्सेवक परिचालन गरी घरटहरा भत्काउने तथा निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो।
वैशाख १२ गते गएको महाभूकम्प र त्यसपछि गएका शक्तिशाली पराकम्पनले क्षति पुर्रयाएका काठमाडौँको चन्द्रगिरी नगरपालिका—७ मा ५० जनाको समूहले परिचालन गरी भूकम्पले चर्काएका घरटहरा भत्काउने तथा नयाँ बनाउने कार्य गरेको हो ।

सो कार्यमा नेकपा (माले) का महासचिव सिपी मैनाली आफैँ सहभागी भई भत्काउने तथा निर्माण गर्ने कार्यमा सहभागी भएका थिए ।महासचिव मैनालीले वर्तमान अवस्थामा भूकम्पप्रतिरोधी घर निर्माण गर्नु राज्यलाई ठूलो चुनौती भएको बताए। उनले सरकारले राष्ट्रिय स्वयम्सेवक विस्तार गरेर गएको भए राम्रो हुने भन्दै सरकारले सो नगरेपछि आफूले छुट्टै स्वयम्सेवक परिचालन गरेको बताए ।

यसअघि पार्टीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भूकम्पपछि उद्धार र राहतका काम गरेको भन्दै अब भूकम्पप्रभावित जिल्लामा स्वयम्सेवक खटाएर अस्थायी घरटहरा निर्माण गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।हालसम्म भूकम्पले चर्काएका तथा नढलेका आधादर्जन घरको भग्नावशेष हटाइसकेको छ ।