मारियो भनेर पुरिएर छोडिएको १० बर्षे बालक भागेर परिवारको सम्पर्कमा,अपहरणकारी प्रहरीको फन्दामा


काठमाण्डौं । १० वर्षीय बालकलाई अपहरण गरी फिरौती
रकम माग्ने दुई अपहरणकारीलाई क्राइम डिभिजन काठमाडौंले
पक्राउ गरेको छ । अपहरणकारीले काठमाडौं गोकर्णेश्वरका
ती बालकलाई ललाईफकाई अपहरण गरी म¥यो भनी खाडलमा
पुरेका थिए । जेठ २३ गते तीन बजेको समयमा १० वर्षीय
काठमाडौं गोकर्णेश्वरका बालकलाइ दुई जना
अपहरणकारीको समूहले अपहरण गरेका थिए । अपहरणकारीले ती
बालकसंग केही दिन यता सम्बन्ध बढाँउदै नजिकिएको र मौका
मिल्नासाथ अपहरण गरी नजिकैको कृष्ण मन्दिर पु¥याएका
थिए । बालकलाई त्यहाँ मरणासन्न हुने गरी कुटपिट गरेपछि
बालकको मृत्यु भएको ठानी अपहरणकारीले खाडलमा पुरेका
थिए । तर बालक केही बेरमा होसमा आएपछि त्यहाँबाट भागेर
आफ्नो साथीहरु भएको ठाँउमा पगी बेहोस भए । बालकलाई
अपहरण गरी हत्या प्रयास गरेका दोलखा जिल्ला मार्बु
गाविस ९का २३ वर्षीय भीम बहादुर मगर र दोलखा मार्बुकै २६
वर्षीय रुद्र खत्री अभिषेकले बालकका परिवारलाई फोन र
एसएमएस गरी बच्चा चाहिएमा तत्काल ५० लाख रुपैंया माग
गरेका थिए । यिनीहरुले सिन्धुपाल्चोकको एक्काइस किलो
काला पथ्थरमा फिरौती रकम माग गरेका थिए । क्राइम
डिभिजन काठमाडौंले यी दुई अपहरणकारीलाईफिरौती रकम
माग गर्न प्रयोग गरिएको सिमकार्ड, मोबाइल र एक थान
खुकुरी पनि बरामद गरेको छ । अपहरणमा परेका बालकको
घाँटी आँखा र छातीमा गम्भीर चोट लागेको र उनको
अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यी दुवै
अपहरणकारीलाई प्रहरीले अपहरण तथा शरीर बन्धक र ज्यान
मार्ने मुद्दा अन्र्तगत कारवाही गर्ने भएको छ ।

No comments:

Post a Comment