भीषण पहिरोपछि घरबारविहीन भएकालाई पुनर्वासको पहल सुरु




म्याग्दी, जेठ २५–यही जेठ १० गते काफलडाँडाबाट खसेकोभीषण पहिरोले भगवती–२ र राम्चे–९ बैँसरी बस्ती पुरिएपछिघरबारविहीन भएकालाई पुनर्वासको पहल सुरु भएको छ ।बैसरीका २७ घर पूर्ण रुपमा पुरिएपछि अहिले पिप्ले–४ कोराहुपारेमा अस्थायी छाप्रोमा बस्दै आएकापहिरोपीडितलाई दीर्घकालीन बसोबासको व्यवस्थामिलाउन पहल सुरु गरिएको हो । आइतबार बसेको जिल्ला विपद्व्यवस्थापन समितिको बैठकले पहिरोपीडितको मागअनुसारभगवती–१ रिठाबोटमा बेनी–जोमसोम सडकखण्डमा पर्नेसार्वजनिक जग्गामा पुनर्वासको पहल गर्ने निर्णय भएकोप्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।तत्कालै नापी र मालपोत कार्यालयमार्फत पीडितको यकिनगरी अन्य ठाउँमा जग्गा नभएकालाई स्थायी रुपमाबसोबासका लागि रिठाबोटमा व्यवस्था गर्न पहल गरिनेप्रजिअ केसीले बताए ।बस्ती पुरिएपछि अस्थायी छाप्रोमुनि बस्दै आएकाबैसरीवासीले बर्खा अगावै सुरक्षित स्थानमा बसोबासकोव्यवस्था गर्न माग गरेका छन् ।जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् रसरोकारवालासँग थप छलफल गरी उपयुक्त स्थानको पहिचानगरी पुनर्वासका लागि काम सुरु गर्ने जिल्ला विपद्व्यवस्थापन समितिले जनाएको छ । सार्वजनिक जग्गामापुनर्वास गराउनका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्नेप्रावधान रहेको छ । सानो व्यापारिक केन्द्रकै रुपमा रहेकोबैँसरी पुरिएपछि स्थानीयवासीको दैनिक गुजारा चलाउनेआधारसमेत पहिरोले खोसेको छ ।बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने रिठाबोट क्षेत्रमैपुनर्वास मिलाए होटल पसल चलाएरै जीविकोपार्जन गर्नसकिने भएकाले आवश्यक पहल गर्न आग्रह गरिएको बैँसरीपहिरोपीडित राहत व्यवस्थापन समितिका अध्यक्षभीमबहादुर कार्कीले बताए । “होटल र पसल चलाएर बैँसरीकाअधिकांशको गुजारा चलेको थियो, पहिरोले बस्तीसँगै पूरै पु¥यो, अब कसरी दैनिकी चलाउने”, उनले भने । बैँसरीपहिरोपीडित अधिकांशले सडकखण्डकै छेउछाउमा बस्ने इच्छादेखाएका छन् । तर एकै ठाउँमा सबैलाई पुनर्वास गराउनसक्नेउपयुक्त स्थानको अभाव देखिएको भगवती गाविस सचिवभोलानाथ आचार्यले बताए ।

No comments:

Post a Comment