चार दल बैठकः सहमति नजिक पुगेको दाबी


काठमाडौं, जेठ २१– संविधानका विवादित विषयमा सहमति जुटाउन तथा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलहरुबीच आज साँझ भएको छलफल सकारात्मक भएको दाबी गरिएपनि ठोस सहमति भने हुन सकेको छैन। three party meeting
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि नेताहरुले छलफल अत्यन्तै सकारात्मक भएको दाबी गर्दै भोलि फेरि बस्नेगरी बैठक टुंगिएको जानकारी दिए ।

नेताहरुका अनुसार ६ प्रदेशमा सहमति गर्नेगरी छलफल चलिरहेको छ । तर संघीयताको स्वरुप तथा नामांकनको विषयमा दलहरुबीच विवाद कायम रहेको बताइएको छ । सोहि विवादका कारण आज सहमति हुन नसकेको र संघीयताको स्वरुप र सिमांकनका बिषयमा गहन छलफल गर्न भन्दै भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सकारात्मक छलफल भएको बताउदै संघीयताका आधार र सिमाका बिषयमा थप केही समय छलफल गर्न आवश्यक रहेकाले समय लिनुपरेको बताए । उनले ६ प्रदेशमा केकिन्द्रत रहेर छलफल भइरहेको बताए ।

यस्तै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठक सकारात्मक भएको भन्दै विवादित विषयमा सहमति नजिक पुगेको दाबी गरे । उनले केही विषयमा आन्तरिक र अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले भोली विहान दश बजे पुन बैठक बस्ने बताए ।

No comments:

Post a Comment