मौसममा देखिएको सामान्य बदलीसंगै काठमाण्डौं आसपासका क्षेत्रमा पानी पर्यो


केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले आहत काठमाण्डौ र आसपासका क्षेत्रका मानिसले केही राहत महसुस गरेका छन् ।
मौसममा भएको बदलीसंगै पानी परेकाले काठमाडौं र आसपसाका मानिसले केही राहत महसुस गरेका हुन् ।

पानी परेसंगै काठमाण्डौं र आसपासका क्षेत्रमा केही शितल भएको छ । तर तापक्रम भने नघट्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बदली भएपनि ठूलो पानी
पर्ने संभावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार उपत्यकाको केही ठाउँमा फाट्टफुट्ट
पानी परेपछि केही बेरमा नै मौसम खुल्नेछ।

भारतको मध्य प्रदेशमा उत्पन्न जलवाष्पयुक्त हावा र पश्चिम वायुको
प्रभावका कारण मौसम बदली भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज मध्य र पश्चिमको पहाडी क्षेत्र र पूर्वमा क्षणिक वर्षाको संभावना छ । मौसम बदली भएसँगै अघिल्ला दिनको तुलनामा आज केही शितल भएको छ । मौसमविद् पौडेलले अहिलेको अवस्था हेर्दा मनसुन भित्रन अझै केहि दिन लाग्ने अनुमान गरिएको बताउनुभयो ।

 मनसुनको लागि भारतबाट जलवाष्पयुक्त हावा नेपालको पूर्व हुँदै भित्रनुपर्ने हुन्छ, जुन अहिले देखिएको छैन । मनसुन नभित्रँदा गर्मी बढेको हो । यो अझै केहिदिन चल्ने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment