ट्रकको ठक्करबाट मलेसियामा मानबहादुरको मृत्यु


मलेसिया : २१ दिन अघि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका
नवलपरासीका मानबहादुर विकको उपचारको क्रममा मलेसियाको
पेनाङमा मृत्यु भएको छ ।

सात वर्षदेखि पेनाङ्गको वुकिट तम्बुनस्थित युवान हिन कम्पनीमा
कार्यरत उनी मे १४ मा दुर्घटनामा परेका थिए ।

बाटो काटने क्रम मा ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारकै
क्रममा सोमबार मृत्यु भएको रामेछापका थलेन्द्र भुजेलले जानकारी दिए ।

बिक केही एक महिनापछि नेपाल फर्किने तयारीमा रहेका थिए ।
उनका जेठा छोरा पनि मलेसियामै कार्यरत रहेकाले पोष्टमार्टमपछि बुवाको शव लिएर उनी घर जाने भएका छ्न । अर्जुन काफ्ले, अन्नपूर्ण

No comments:

Post a Comment