चरमपन्थीको आक्रमणमा २० भारतीय सैनिक मारिए


चरमपन्थीको आक्रमणमा २० भारतीय सैनिक मारिए

जेठ २१,  : भारतको मणिपुरस्थित चन्देल जिल्लामा विद्रोही समूहको आक्रमणमा परी २० जना भारतीय सैनिकको ज्यान गएको छ । उक्त आक्रमणमा परी ११ जना घाइते भएका छन्।

सेना सवार ट्रकलार्इ लक्षित गरी रकेट बम हान्दा यतिका संख्यामा सैनिकको ज्यान गएको हो । चरमपन्थीको हमलामा यो वर्ष यति धेरै सैनिक एकैपटक सैनिक मारिएको सबैभन्दा ठूलो घटना हो।

६ डोगरा रेजिमेन्टका जवान सवार ट्रक बम हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो आक्रमण स्थानीय समयअनुसार बिहीबार बिहान आठ बजे भएको थियो। सैनिकहरू मोलटुक उपत्यकाबाट लोरंग फर्किरहेका बेला यो आक्रमण भएको हो ।

सुरक्षाअधिकारीले दिएको जानकारीअनुसार विद्रोहीले सुरुमा सेनाको ट्रकमा रकेट आक्रमण गरेका थिए। त्यसलगत्तै उनीहरूले मेसिनगनबाट गोली प्रहार गरेका थिए।
६ डोगरा रेजिमेन्टको एक समूह इम्फालबाट ८० किलोमिटर टाढा रहेको तेनगनोउपाल-न्यु समतल रोड हुँदै नियमित गस्ती गरिरहेका थिए।

उक्त आक्रमण गर्ने संगठनका बारेमा जानकारी हुन नसकेको सेनाले बताएको छ। उक्त आक्रमण उग्रवादी संगठनले गरेको सेनाले दाबी गरेको छ।

सेनाले गरेको जवाफी आक्रमणमा पाँचजना लडाकु पनि मारिएका छन्। यो ठाउँ सेनाका लागि निकै कठिन रहेको जानकारी दिइएको छ। घटनास्थल विकट पहाडी इलाका रहेको र घना जंगलयुक्त छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनालार्इ अफसोसकारुपमा लिँदै निन्दा गरेका छन् ।

यो घटनापछि गृहमन्त्री राजनाथ सिंहले आपतकालिन बैठक बोलाएका छन् । बैठकमा रक्षामन्त्री मनोहर पर्रिकर,  सेना प्रमुख दलबीर सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित देबल पनि उपस्थित थिए । एजेन्सी

No comments:

Post a Comment