नेकपा (माले) ले भूकम्पप्रभावित क्षेत्रको भग्नावशेष हटायो.......!


काठमाडौँ-२० जेष्ठ

- नेकपा (माले) ले भूकम्पप्रभावित क्षेत्रको भग्नावशेष हटाउनका साथै नयाँ घरटहरा बनाउने कार्यलाई प्राथमिकता दिएको छ।पार्टीका पोलिटब्यूरो सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा बनेको ११ सदस्यीय समितिले वृहत लोक स्वयम्सेवक परिचालन गरी घरटहरा भत्काउने तथा निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो।
वैशाख १२ गते गएको महाभूकम्प र त्यसपछि गएका शक्तिशाली पराकम्पनले क्षति पुर्रयाएका काठमाडौँको चन्द्रगिरी नगरपालिका—७ मा ५० जनाको समूहले परिचालन गरी भूकम्पले चर्काएका घरटहरा भत्काउने तथा नयाँ बनाउने कार्य गरेको हो ।

सो कार्यमा नेकपा (माले) का महासचिव सिपी मैनाली आफैँ सहभागी भई भत्काउने तथा निर्माण गर्ने कार्यमा सहभागी भएका थिए ।महासचिव मैनालीले वर्तमान अवस्थामा भूकम्पप्रतिरोधी घर निर्माण गर्नु राज्यलाई ठूलो चुनौती भएको बताए। उनले सरकारले राष्ट्रिय स्वयम्सेवक विस्तार गरेर गएको भए राम्रो हुने भन्दै सरकारले सो नगरेपछि आफूले छुट्टै स्वयम्सेवक परिचालन गरेको बताए ।

यसअघि पार्टीले काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भूकम्पपछि उद्धार र राहतका काम गरेको भन्दै अब भूकम्पप्रभावित जिल्लामा स्वयम्सेवक खटाएर अस्थायी घरटहरा निर्माण गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।हालसम्म भूकम्पले चर्काएका तथा नढलेका आधादर्जन घरको भग्नावशेष हटाइसकेको छ ।

No comments:

Post a Comment