आजको राशिफल ,वि.सं.२०७२ साल जेठ १९ गते। मंगलबार। २०१५ जुन २ तारिख।



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
प्रयासमै समय मात्र बित्नेछ। आजको समस्या तत्काल समाधान नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत कमजोरीले पनि सताउला। उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन नसकिएला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्यमा रमाउने समय छ। प्रेमको बन्धन कसिनुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
केही अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। र, उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काममा फाइदा हुनेछ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ, सचेत रहनुहोला। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट राम्रै लाभ उठाउन सकिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। आंशिक लाभ होला। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
विभिन्न अवसर आए पनि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। योजनाअनुसार बेलैमा काम सम्पादन गर्न नसकिएला। समयमा निर्णय नलिनाले पनि अवसर फुत्कन सक्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्नेछन्। अलि द्विविधामा परिएला। निर्णायक क्षमता कमजोर बन्नेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले मात्र फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
केही मात्रामा खर्च बढ्ने योग छ। काममा लगानी बढाउने समय छ। शोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम बन्न तत्काल सक्छ। दिगो फाइदा हुने काममा लगानी गरिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। थोरै फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

No comments:

Post a Comment