खुलामन्चका अनसनकारी भन्छन: देशद्रोहिहरु आर्थिक प्रलोभनमा परे

काठमाडौं । सँबिधानसभामा प्रतिनिधित्व गर्ने दल र तिनका सभासदहरु देश द्रोहि भयको अनसनकारिहरुले आरोप लगाएका छ्न।विगत १६ दिनदेखि हिन्दु राष्ट्र स्थापनाको माग गर्दै राजधानीको खुल्ला मञ्चमा आमरण अनसनमा बसिरहेका चार अनसनकारी यूवाहरुले आर्थिक प्रलोभनमा विकेर नेपाललाई धर्मनिरपेक्ष बनाउने निर्णय गर्ने सभासदहरुलाई राष्ट्र द्रोही घोषणा गरेका छन ।
अनसनकारी यूवाहरु कमलप्रसाद जोसी, प्रेमनिधी भारद्धाज, सागर कटुवाल र खेमनाथ आचार्यले आज एक विज्ञप्ति निकालेर करोडौ नेपालीको भावनामा तुषरापात गर्दै धर्मनिरपेक्षतालाई अनुमोदन गरेको अवस्थामा सम्पूर्ण हिन्दुहरुलाईराष्ट्र र धर्म रक्षाकोलागि आफ्नो अभियानमा समर्थन गर्न आब्हान गरेका छन ।
विज्ञप्तिमा जनताकोलागि बनाएको संविधानमा विदेशीहरुको प्रलोभन र दवाव छताछुल्ल हुनु लज्जास्पद भएको ठहर गर्दै सरकारले शान्ति पूर्ण आन्दोलन नदेखि सडकमा रगतको खोला मात्र देख्ने चरित्रको रहेकोले आफूहरुलाई दुखि बनाएको उल्लेख छ ।
उनीहरुले आफूहरुको आमरण अनसन हिन्दु राष्ट्र कायम नभएसम्म जारी रहने समेत विज्ञप्तिमा स्पष्ट पारेका छन ।







No comments:

Post a Comment