अमेरिकी राष्ट्रपतिको प्रेममा पागल बनेकी थिइन् यी हिरोईन


जेठ २२ गते, काठमाडौं । संसारकी सबैभन्दा सुन्दर महिला मर्लिन मुनरोले आज कै दिन जन्म लिएकी थिईन् । आफ्नो अति आकर्षक सौन्दर्य र दमदार अभिनय क्षमताको ताकतमा छोटो समयमै उचाईमा पुग्न सफल भईन् ।
तर, त्यही बेला उनको जीवनमा जोडिएको एउटा घटना जसले उनको भरिएको जवानी र सफल भइरहेको करियरलाई धरापमा पार्‍यो ।

उनको जन्म हुने वित्तिकै उनकी आमा ग्लैडिस मानसिक रुपमा विरामी भईन् । र मर्लिनलाई एक बच्चा पाल्ने दम्पत्तीको जिम्मा लगाईन् । तर केही दिनपछि उनकी आमाले उनलाई फिर्ता लग्न चोर्ने प्रयास गरिन् । र उनलाई लिएर आफ्नी सौतासँग बस्न थालिन् । तिनै सौतेली आमाले मर्लिनलाई कलाकार बन्ने सपना देखाईन् ।

अभिनयको दुनियामा आउने वित्तिकै मर्लिनले आफ्नो कामुक सौँन्दर्यबाट सेक्स सिम्बल बनिन् । र ठूला ठूला मानिस उनीमाथि फिदा हुन थाले । तर मर्लिनलाई जरुरत थियो एउटा सच्चा प्रेमी, जसले चोखो माया गरोस । त्यो कुरा जो मर्लिनले तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ कैनेडीमा खोज्ने प्रयास गरिन् ।
मर्लिनको कथामा २००९ मा प्रकाशित पुस्तक ‘सीक्रेट लाइफ अफ मर्लिन मुनरो’का अनुसार पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई सधैभरी हलिउड हिरोइनहरु मन पथ्र्यो ।

मर्लिनसँगको भेटपछि दुबै जना एकअर्काप्रति नजिक हुन थाले । ती दिनहरुमा मर्लिन पनि मानसिक तनावमा थिईन् । उनको पारिवारिक जीवन असफल भइसकेको थियो । र त्यही बीचमा उनले हस्पिटल सम्म जानुप¥यो ।

तर राष्ट्रपति कैनेडीसँग भेट भएपछि उनको जिन्दगीमा फेरि खुसीयाली छायो र उनी फेरि चर्चाको शिखरमा पुगिन् । यसै क्रममा जोन र मर्लिन पाम स्प्रिंग्स, फ्लोरिडामा एक हप्ते छुट्टी बिताउन गए र त्यसपछि दुबैको सम्बन्धमा अलग्गै मोड आयो ।

यो हप्ते छुट्टीको बारेमा लस एंजिल्सका एक भूतपूर्व विशेष सलाहकार काउन्टी भन्छन्-‘छुट्टिका दिनहरुमा उहाँहरुले भेटेका थिए । दुबै एक–अर्कामा समर्पित भएका थिए । प्रेमको उत्कर्षमा शारीरिक सम्बन्ध पनि गासिएको थियो । तर त्यसपछि जे पनि भयो त्यो सबै दुःखदायी थियो ।’
राष्ट्रपति केनेडीका एक आत्मिय साथी जर्ज स्मैदर्स भन्छन्–हप्ते छुट्टीबाट फर्किएपछि मर्लिन उनलाई बारम्बार फोन गर्थिन । तर उनी फोन उठाउँदैनथे ।

उनका अनुसार एक समय राष्ट्रपतिले कैनेडीले मर्लिनसँग कुरा गरे र भने–‘तिमी यस देशको प्रथम महिला बन्न योग्य छैनौं प्रिय ।’ कैनडीका यी शब्द मर्लिनलाई आत्महत्या गर्न प्रेरित गर्नसम्मका थिए । तरपनि उनले हार मानिनन् ।
राष्ट्रपति कैनेडीको जन्मदिनको खुशीमा बोलाइएको एक पार्टीमा मेडिसन स्क्वायर गार्डेनबाट एक गीतको माध्यमबाट अमेरिकाका पूरै जनताको सामुन्ने राष्ट्रपतिसँग आफ्नो सम्बन्धको बारेमा मर्लिनले बताएकी थिईन् ।
यो घटनाबाट जोनकी पत्नी जैकी केनेडीले उनलाई सम्बन्ध विच्छेदको धम्की दिईन् । त्यसपछि राष्ट्रपनि कैनेडीले आफ्ना भाई रोबर्ट उर्फ बबी केनेडीलाई मर्लिन भएको ठाउँ पठाए । र पूराना सबै सम्बन्ध विर्सिएर आफ्नो बाटो लाग्न भनेर सन्देश पठाए ।

आफ्नो प्रेमीको यस्तो सन्देशबाट मर्लिन निकै दुःखी थिईन् । त्यसपछि उनको मानसिक प्रेसर बढ्यो । त्यो नशा कम गराउन अर्को नशा लिन थालिन । त्यसको लागि औषधि खान थालिन् । उनले ह्वाईट हाउसमा लाखौंपटक फोन गरिन तर सबै प्रयास असफल भए ।

मर्लिनलाई आफ्नी आमाको जस्तै मानसिक रोगी बनिन्छ कि भन्ने डर थियो । त्यो डरबाट उनी झन बढी औषधि खान थालिन् । र उनको हालत कमजोर हँदै गयो । यो भयानक प्रेमरोगमा उनी किनारा पुग्न सकिनन् । र एक दिन उनले आत्महत्या गरिन् ।

मर्लिनको मृत्युपछि अखबार, पत्रपत्रिका र टेलिभिजन समाचारमा त्यो एक हप्ते छुट्टिलाई लिएर अनेक अनेक कुराहरु टिप्पणीहरु गरिए । तर कोहीपनि कुनै निर्णयमा पुग्न सकेनन् । हो, त्यो हप्ताले दुनियाबाट सबैभन्दा सुन्दर महिलालाई सधैका लागि लग्यो । त्यो बेला मर्लिन महज ३६ वर्षकी थिईन् । एजेन्सी

No comments:

Post a Comment