मलेसियामा एक नेपाली ओछ्यानमै मृत भेटिए


गणेश आचार्य क्वालालम्पुर, जेठ २६ मलेसिया एक नेपाली कामदार आफ्नै ओछ्यानमा मृत भेटिएका छन् ।

लमजुङको शुन्दर बजारका जितेन्द्र गुरूङ सोमबार बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको उनका साथि चुडामणि पोखरेलले जानकारी दिएका छन् ।

शनिबार राति अबेरसम्म साथिहरू सँग कुरम गरेर सुतेका गुरूङ बिहान मृत अवस्थामा भेटिएको पोखरेलले बताए ।

२५ बर्षिय गुरूङ मलेसियाको एक टायल्स कम्पनीमा काम गर्थे । उनको शव अहिले पोष्टमार्टमका लागि यहाँको हाँको अस्पतालमा राखिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव नेपाल पठाइने कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment