१६ बुँदे सहमतिको आज संविधानसभा मार्फत अनुमोदन गरिने


काठमाडौं, जेष्ठ २६ । नयाँ संविधानका सवै विवादित विषयहरुमा चार दलका नेताहरुबीच सहमति बनेको छ ।
नेपाली कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच आठ प्रदेशको संघीयता रहने गरी सवै विवादित विषयमा लिखित सहमति भएको हो ।

सहमतिलाई औपचारिक रुप दिएर आज बस्ने संविधानसभा बैठकबाट अनुमोदन
गरिने नेताहरुले बताएका छन् ।

सहमति अनुसार तत्कालका लागि नामांकन र सीमांकन विनाका ८ प्रदेश रहने छन् ।
बिज्ञहरुको समूह गठन गरेर प्रदेशको सिमाङकन गर्ने र प्रदेश सभाले नामाङकन गर्ने सहमति पनि भएको छ ।

त्यस्तै निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक हुने गरी सहमति भएको बताइएको छ ।

शासकीय स्वरुपमा सुधारिएको संसदीय व्यवस्था हुनेछ भने एकीकृत माओवादीले राष्ट्रपति प्रणाली हुनुपर्ने भन्दै फरक मत राख्ने छ ।

न्याय प्रणालीका सम्बन्धमा भने दश वर्षसम्मका लागि अलग्गै संवैधानिक अदालत राख्ने सहमति पनि गरिएको छ ।
यी बूँदाहरु लगायतका अन्य विषयहरु समेटेर नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अब फाष्ट ट्रयाकबाट संविधान लेखनको काम अगाडि बढ्ने भएको छ ।

No comments:

Post a Comment