नाइजेरियाको ‘डेङ्गोटे’द्धारा १० करोड रुपैयाँ सहयोग घोषणा




काठमाडौं, जेष्ठ १९ । अफ्रिकीमुलुक नाइजेरियाको ‘डेङ्गोटे’ कम्पनीले नेपालका भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

डेङ्गोटेले भूकम्प प्रभावितको पुनःस्थापना र पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ मिलियन अमेरिकी डलर रकम सहयोग गर्ने घोषणा गरेको हो ।

अफ्रिकी महादेशका लागि गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक हिक्मत थापाको पहलकदमीमा डेङ्गोटेले सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न लागेको बताइएको छ ।

उक्त सहयोग रकम केही दिनमा राहत कोषमा जम्मा गरिने संयोजक थापाले हामीलाई जानकारी दिए । डेङ्गोटे अफ्रिकी महादेशकै ठूलो र प्रतिष्ठित कम्पनी रहेको बताइएको छ ।

No comments:

Post a Comment