के तपाइको कपाल झर्ने समस्या छ ? तेसो भय यसो गर्नुहोसः


आजकल कपाल झर्ने समस्याबाट धैरै मानिस पिडित छन् । लामो, बलियो र
चम्किलो कपाल पाल्ने चाहना सवैको हुन्छ।

कपाल झर्ने समस्याले हैरान
हुनेहरुलाई कपाल झर्न रोक्ने प्राकृतिक उपाय यहाँ सुझाइएको छ। कपाल झर्न रोक्नको लागी हामिले खाने कुराले समेत प्रत्यक्ष प्रभाव पार्दछ।
कपाल झर्नबाट रोक्न उपयोगी हुने ६ चीज यस प्रकार छन्..

१. सिमिः सिमिमा पर्याप्त मात्रमा फाइबर पाइन्छ । एक कप पाकेको
सिमीको गेडामा १३ ग्राम सम्म फाइबर पाइन्छ । सिमिमा प्रोटिन पनि
पाइन्छ जसले कपालको विकासमा सहयोग गर्दछ ।

२. बदाम र काजुः बदाम र काजु जस्ता खानेकुरा पनि कपालको लागि निकै
महत्वपुर्ण मानिन्छन् । बदाम र काजुमा हुने ओमेगा ३,खनिज, सेलेनियम,
जिंक जस्ता पदार्थ पाइन्छ जसले कपालालई स्वस्थ र चम्किलो बनाउँछन् ।

३. सल्मोन माछाः सल्मोन माछामा पर्याप्त मात्रमा ओमेगा ३, भिटामिन
बी १२ पाइन्छ,जसले कपाललाई बलियो बनाउँछ । ओमेगा र भिटामिन
१२ को कमिले कपाल रुखो बन्छ ।

४.गाँजरः गाँजरले कपालको प्राकृतिक कन्डिसिनिङ गर्दछ। यसका साथै गाँजरमा भिटामिन ए पनि पर्याप्त मात्रमा पाइन्छ ।

५.हरियो सागसब्जीः हरियो सागसब्जीमा आइरन,
भिटामिन्स, क्याल्सियम पाइन्छ, कपालको वृद्धीको
लागी यी तत्वहरु निकै उपयोगी हुन्छन् ।

६.अण्डाः अण्डमा प्रोटिन, भिटामिन बि १२, बायटिन जस्ता तत्व पाइन्छ ।
यसलाई पकाउँदा थोरै तेल वा घ्युका प्रयोग गरे झन उपयोगी हुन्छ ।

No comments:

Post a Comment